लिभरपुल एफए कपको चौथो चरणमा

जनता संवाददाता
२०८० पुष २३ गते, सोमबार

काठमाडौँ । कठिन प्रतिद्वन्द्वी आर्सनललाई उसैको मैदानमा हराउँदै लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई २–० गोलले हरायो ।

लिभरपुलको जितमा लुइस डियाजले दोस्रो हाफको इन्जुरी समयमा गोल गरे । यसअघि लिभरपुलले ८०औँ मिनेटमा आर्सनलका जाकुब किविवरको आत्मघाती गोल सहयोगमा सुरुवाती अग्रता लिएको थियो ।

बल बचाउने क्रमममा रक्षक जाकुबको प्रहार आफ्नै पोस्ट्मा गोल भएको थियो । आर्सनलले पटक पटक गोल फर्काउने प्रयास गरेपनि सफल भएन । एजेन्सी

प्रकाशित मिति : २०८० पुष २३ गते, सोमबार


Scroll to Top

Janata Media