दाउरा चिर्न जाँदा सोही रूखले च्यापिएर एकको मृत्यु

जनता संवाददाता
२०८० पुष २९ गते, आईतवार

अछाम । दाउरा चिर्न गएका एक बालकको रूखमा च्यापिएर मृत्यु भएको छ । रामारोशन गाउँपालिका ७ सुतार निवासी केसे कामीको छोरा १४ वर्षीय जनक विकको ज्यान गएको हो ।

घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको स्थानीय पूर्णबहादुर विकले जानकारी दिनुभयो । जनकको रूख च्यापिएर मृत्युको खबर अबेर जानकारी पाइएको बताइएको छ ।

प्रकाशित मिति : २०८० पुष २९ गते, आईतवार


Scroll to Top

Janata Media