राष्ट्रिय सभा निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

जनता संवाददाता
२०८० माघ १४ गते, आईतवार

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार राष्ट्रपति कार्यालयमा पुगेर प्रतिवेदन बुझाएको हो ।

निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम प्रमुख आयुक्त थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन बुझाएका हुन् । रिक्त १९ सिटका लागि राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८० माघ १४ गते, आईतवार


Scroll to Top

Janata Media