नेप्से परिसूचक ३१ अंकले घट्यो

जनता संवाददाता
२०८० माघ १८ गते, बिहीबार

काठमाडौं । नेप्से परिसूचक ३१ अंकले घटेको छ । बिहीबार ३१।७६ अंकले घटेको सेयर बजार २०६६।१७ बिन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १९ कम्पनीको सेयर मूल्य बढ्दा २२६ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

प्रकाशित मिति : २०८० माघ १८ गते, बिहीबार


Scroll to Top

Janata Media