काठमाडौं । चापाकोट नगरपालिका-१ तेउनासमा एक जना कालीगण्डीमा हाम फालेर बेपत्ता भएका छन् । पाल्पा रामपुर नगरपालिका–१० कुमालटोल बस्ने ५८ वर्षीया मेघनाथ कुमाल नदीमा हाम फालेर बेपत्ता भएका हन् ।
वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेको छोरीलाई सामान पठाउन भनी घरबाट हिँडेका कुमाल सामान पठाउने ठाउँमै नपुगी कालीगण्डकी नदीमा हाम फालेका हुन् ।
घटनास्थलमा इलाका प्रहरी चापाकोट स्याङजाबाट खटेका प्रहरी टोलीको समन्वयमा खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रवेश तिवारीले बताए ।







