श्रीमतीको उपचारको लागि सहयोग माग्दै दत्त नेपाली, खाने बस्ने सम्म पैसा छैन

जनता संवाददाता
२०८० माघ २४ गते, बुधबार

काठमाडौँ । हुम्लाको अदानचुली गाउँपालिका वडा नं ३ स्थायी घर भएका दत्त नेपाली श्रीमती धुप नेपालीको उपचारको सहयोगको अपिल गरिरहेका छन् । उनको अवस्था अहिले खान बस्न समेत सक्ने छैन । उल्टै श्रीमती बिरामी हुँदा उनी एकदमै पिडामा परेका छन् । श्रीमती भने केहि बोल्न सक्दिनन् ।

यता अस्पतालले दुवै मिगौँलामा छ ठाउँमा अपरेसन गर्नुपर्ने भएकाले झण्डै ५ लाख लाग्ने बताएको छ । यता नेपालीको लागि बिरानो सहर काठमाडौँमा बस्ने खानेको समेत ठेगान छैन । अहिले नेपालीले खर्च अभावका कारण भक्पुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट विर अस्पतालमा लिएका छन् । उपचारको कुरा त परै छोडौँ बिहान बेलुका के खाने ?, औषधी केले किन्ने ?, अनि अपरेसन कसरी गर्ने ? भनेर एकदमै पिडामा छन् नेपाली ।

उनले आफ्नो श्रीमती बचाउनका लागि सहयोग आह्वान गरेका छन् । बचाउनका लागि अरु कुनै पनि उपाय नभएपछि देश तथा विदेशमा रहेका नेपालीहरुलाई सहयोगका लागि अपिल गरेका हुन् । ‘मेरो मुटुको टुक्रालाई जसरी पनि बचाउनु छ । एक पैसा पनि म सँग छैन तर देश विदेशमा छरिरएर रहेका नेपालीहरुले सहयोग गरेर मेरो मुटुलाई बचाईदिनुहुन्छ भन्ने आशा मात्रै बाँकी छ । नेपाली दाजुभाई, दिदिबहिनीहरुले मेरो मुटुलाई बचाईदिनुहुनेछ ।’ उनले भक्कानिँदै जनता मिडियासँग भने ।

धुप नेपालीको उपचारका सहयोग गर्नका लागि हामी पनि सम्पूर्ण देश तथा विदेशमा रहेका नेपाली मनहरुलाई हार्दिक अपिल गर्दछौँ । सहयोग गर्नका लागि स्क्रिनमा देखाईएको श्रीमान दत्त नेपालीको ग्लोबल आईएमई बैँकमा रहेका खातामा जम्मा गरी उपचारमा सहयोग गर्नुहुन अनुरोध गरिन्छ । थप जानकारी लिनका लागि बिरामीका श्रीमान दत्त नेपालीलाई अर्थात हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

सहयोगका लागि
Account Name:- Datta Nepali
Account Number:- J107010003579
Bank Name:- Global IME Bank
Branch:- Nayabazar, Kirtipur
Contact:- 9843989805

प्रकाशित मिति : २०८० माघ २४ गते, बुधबार


Scroll to Top

Janata Media