विश्वकप क्रिकेट लिग–२ : नेदरल्यान्ड्समाथि नेपालको सहज जित

जनता संवाददाता
२०८० फाल्गुन ५ गते, शनिबार

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समाथि नेपालले सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हरायो ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा भने नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । जितका लागि नेदरल्यान्ड्सले दिएको एक सय ३८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५।२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो ।

नेपालका लागि अनिल साहले सर्वाधिक ५७ रन बनाए । उनले ३६ बलमा ६ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।यस्तै आसिफ शेखले अविजित ५४ रन बनाए । उनले ४५ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका हुन् ।

ओपनर कुशल भुर्तेलले २८ रन बनाए । दोस्रो विकेटका लागि अनिल र आसिफले अविजित १०५ रनको साझेदारी गरेका थिए । बलिङमा नेदरल्यान्ड्सका भिभियन किंगमाले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३७ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एड्पार्डसले सर्वाधिक ३३ रन बनाए । बास डी लिडेले २७, साइब्रान्ड एङ्गेलब्रेख्त २३, नोआ क्रसले १२, कायल क्लेलिनले अविजित ११ तथा आर्यन दत्त र म्याक्स ओुडोउडले १०र१० रन जोडे । बलिङमा नेपालका कुशल भुर्तेलले चार विकेट लिए ।

यस्तै ललितनारायण राजवंशीले दुई तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले एकरएक विकेट झारे । नेपालले सिरिजको तेस्रो खेल सोमबार पुनस् नेदरल्यान्ड्ससँग र अन्तिम खेल बुधबार नामिबियासँग खेल्नेछ ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते, शनिबार


Scroll to Top

Janata Media