जाजरकोटमा भूकम्प पछि यौन हिंसाका घटनामा वृद्धी

जनता संवाददाता
२०८० फाल्गुन ६ गते, आईतवार

 

काठमाडौँ । जाजरकोटमा भूकम्प पछिका त्रिपालमा बस्दै आएका महिलाहरू यौन हिंसामा पर्ने क्रम बढ्दै गएको पाइएको छ । भूकम्प पछि त्रिपालमा बस्दै आएका भूकम्प जाजरकोटको नलगाड नगरपालिकाकी एक महिला गत कार्तिक २६ गते त्रिपालमा सुतिरहेको बेला राती बलात्कृत हुनु भएको छ ।

बलात्कार गरेको आरोपमा स्थानीय गोपाल बादीलाई घटनाको भोली पल्टै प्रहरीले पक्राउ गरेको छ । जर्वजस्ती करणी गरेको अभियोग सहित प्रहरीले जिल्ला अदालतमा मुद्दा दर्ता गराई पिडक अहिले पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा रहेका छन् ।

छेडागाड नगरपालिकाकी १३ बर्षीया एक बालिका गत मङ्सिर २३ गते गोठालो गएको बेला जङ्गलमा उनी दिउसै बलात्कृत हुनु पर्‍यो । बलात्कार गरेको अभियोगमा छेडागाड नगरपालिकाका २२ वर्षीय दीपक बुढा पक्राउ परेका छन् । जर्वजस्ती करणी गरेको अभियोगमा उनी विरुद्ध पनि जिल्ला अदालतमा मुद्दा दर्ता भई हाल पुर्पक्षका लागि थुनामा छन् ।

बारेकोट गाउँपालिकामा सन्चो नभएपछि झारफुकका लागि धामी कहाँ गएकी महिलालाई धामी वाटै बलात्कृत हुनु पर्‍यो । प्रहरीले मङ्सिर २४ गते स्थानीय ५२ वर्षका जसे तिरुवालाई पक्राउ गरेर जर्वजस्ती करणमा मुद्दा दर्ता गराएको छ ।

यी केही प्रतिनिधि मूलक घटना हुन् , जिल्लामा भूकम्प पछि यस्ता घटना बढ्दै गएका छन् शारीरिक तथा मानसिक हिंसामा परेका, यौन दुर्व्यवहार परेका र जर्वजस्ती करणीमा परेका महिला तथा बालबालिकाहरूको सहायताका लागि स्थापना भएको ओसिएमसीमा भूकम्प पछि आउनेको सङ्ख्या बढ्दै गएको मनोपरामर्शकर्ता प्रमीला आरसीले जानकारी दिए ।

जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष रोका मगरले जिल्लामा भूकम्प पछि ८ ओटा जर्वजस्ती करणीका मुद्दा र ७ ओटा घरेलु हिंसाका घटना दर्ता भएको जानकारी दिए। प्रहरीले आफ्नो युनिटहरूलाई संवेदनशील क्षेत्रमा गस्ती, तथा निगरानी गरिरहेको डिएसपी रोकाले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते, आईतवार


Scroll to Top

Janata Media