ताँजाकोटमा दुई दिने अनुगमन सकियो, अधिकांश पक्की संरचना निर्माण हुँदै

जनता संवाददाता
२०८० फाल्गुन १६ गते, बुधबार

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकाले गरेको दुई दिने अनुगमन सकिएको छ । गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक सुरेन्द्र बहादुर थापाको नेतृत्वमा गरिएको अनुगमन सम्पन्न भएको हो ।

अनुगमनको दोस्रो दिन वडा नं २ मा रहेको निर्माणाधिन क्षेत्रपाल आधारभुत विद्यालयको आरसिसी ढलान गरिएको पक्कि भवन र मुख्यमन्त्रि रोजगार अन्गर्तत माथिल्लो भट्या फलफूल खेतीको वडाध्यक्ष अजबर खटिकको उपस्थितिमा अनुगमन गरिएको हो । २ नं वडाको अनुगमनमा गाउँपालिका अध्यक्ष लालकेश जैसी पनि उपस्थित थिए ।

त्यस्तै वडा नं २ मै रहेको भवानी मष्टा कृषि सहकारी संस्थाले गरेको राना गाउँ स्याऊ खेती कार्यक्रमको समेत अनुगमन गरिएको छ । सहकारी वार्षिक ६ करोड आम्दानी गर्ने न्युनतम् लक्ष्य लिएको उक्त सहकारीका अध्यक्ष मनिकण्ठ जैसीले बताए ।

वडा नं ५ मा निर्माणाधिन विद्यालयको आरसिसी ढलानयुक्त पक्की भवनको पनि अनुगमन गरिएको छ । उक्त अनुगमनमा वडा नं ५ का वडाध्यक्ष मंगल नेपालीको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते, बुधबार


Scroll to Top

Janata Media