सुनको मूल्य तोलामा १७ सयले बढ्यो

जनता संवाददाता
२०८१ जेष्ठ १८ गते, शुक्रबार

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला बिहीबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा रु २५ ले ओरालो लागेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ७५ निर्धारण भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते, शुक्रबार


Scroll to Top

Janata Media