एमाले हुम्लाको बैठक २९ गते

जनता संवाददाता
२०८० फाल्गुन २७ गते, आईतवार

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) हुम्ला कमिटीको नवौँ पूर्ण बैठक चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङमा आउने मंगलबार बस्ने भएको छ ।

जिल्ला कमिटीको निर्णयअनुसार दक्षिणी क्षेत्रको गाउँपालिका केन्द्र पिप्लाङमा बैठक बस्न लागेको हो । एमाले हुम्लाका कार्यवाहक अध्यक्ष डबल रावतले फागुन २९ गते जिल्ला कमिटीको नवौँ बैठक चङ्खेली गाउँपालिका केन्द्र पिप्लाङमा बस्ने बताए ।

बैठकले जिल्ला अधिवेशनको मिति तोक्ने र वडा तथा गाउँपालिका कमिटीको अधिवेशन पनि तय गर्ने उनको भनाइ छ । बैठकका लागि चङ्खेली गाउँपालिका कमिटीले तयारी गरिरहेको एमाले हुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २७ गते, आईतवार


Scroll to Top

Janata Media