आईएमई सञ्चालकमाथि गोली प्रहार : तीन जना पक्राउ

जनता संवाददाता
२०८० चैत्र २ गते, शुक्रबार

काठमाडौं । रौतहटमा आईएमई सञ्चालकमाथि गोली प्रहार भएको छ । रौतहटको परोहा नगरपालिका ९ मा आईएमई सञ्चालन गर्दै आएका २४ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो । गम्भीर घाइतेको साहको

वीरगन्जमा उपचार भइरहेको

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले जानकारी दिए ।

साहमाथि गोली प्रहार गरेर भाग्दै गर्दा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट खटिएको टोलीले तीन जनालाई फक्राउ गरेको हो ।

डिएसपी शैलेन्द्र थापाका अनुसार घटनामा संलग्न तीन जनालाई मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथबाट एक नाल कटुवा पेस्तोल बरामद गरेको छ । उनीहरु शुक्रबार दिउँसो २ बजे इशनाथ नगरपालिका ७ घिउरा बासवारीबाट पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी र प्रहरी चौकी जयनगरबाट खटिएको टोलीले घटनामा संलग्न भारत बिहार मोतिहारी जिल्ला घर भएका मुनिसकुमार यादव, राजन पासवानसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०८० चैत्र २ गते, शुक्रबार


Scroll to Top

Janata Media