404 Not Found


nginx
हुम्लामा मापदण्डविपरीत सञ्चालित फार्मेसीमा तालाबन्दी - Janata Media

हुम्लामा मापदण्डविपरीत सञ्चालित फार्मेसीमा तालाबन्दी

जनता संवाददाता
२०८१ श्रावण २८ गते, सोमबार

हुम्ला । सिमकोटमा मापदण्डविपरीत सञ्चालन भएको फार्मेसीमा ताला लगाइएको छ। सदरमुकाममा आज भएको अनुगमनका क्रममा क्रिसव एण्ड क्रिसाङ फार्मेसी मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि ताला लगाइएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले जानकारी दिए।

उक्त फार्मेसीले दर्ता नगरेको, मूल्यसूची नटाँसेको र म्याद नाघेका औषधि बिक्री गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जनाए।

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका औषधि नष्ट गरिएको छ।

प्रकाशित मिति : २०८१ श्रावण २८ गते, सोमबार