प्रसूति गृहबाट बालिका चोर्ने महिलालाई डेढलाख धरौटीमा छाड्न अदालतको आदेश

जनता संवाददाता
२०८० चैत्र ५ गते, सोमबार

काठमाडौं । जिल्ला अदालत काठमाडौंले थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोप लागेकी महिलालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बच्चा चोरेको आरोप लागेकी मनकुमारी सिंहलाई १ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो । दैलेखको नौमुले घर भएकी २४ वर्षीया मनकुमारी फागुन ११ मा बच्चा चोरेको आरोपमा पक्राउ परेकी थिइन् ।२६ दिने बालिका चोरीमा संलग्न सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर गरेको थियो ।

मानकुमारीले आफू लगातार गर्भ खेर गएपछि डिप्रेसनमा गएको र होस् गुमाएर बच्चा घर लान पुगेको बयान दिएकी थिइन्।

मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने सबिना श्रेष्ठबाट जन्मिएकी बालिका चोरेकी हुन् ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते, सोमबार


Scroll to Top

Janata Media