काठमाडौं । अर्घाखाँचीमा टिपर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
कपिलवस्तुदेखि अर्घाखाँची आउँदै गरेको बानिया निर्माण सेवाको ना १ ख ८४७३ नम्बरको टिपर गोरुसिंगे सन्धिखर्क सडकखण्डको शितगङ्गा नगरपालिका वडा नम्बर ३ स्थित पाडेगैरा ओरालोमा दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का २१ वर्षीय अमृत चुदाली र १४ वर्षीय पुरन झाक्री मगर घाइते भएको जनाइएको छ ।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पश्चात बुटवल रिफर गरिएको प्रहरी प्रमुख प्रतिकसिंह राठौरले जानकारी दिए । टिप्पर सडकबाट तीन मिटर तल खसेको छ ।







