हुम्ला आगलागीः अध्यक्ष सिंहले बुझाए मन्त्री भण्डारीलाई निवेदन

जनता संवाददाता
२०८२ कार्तिक २५ गते, मंगलवार

सुर्खेत । हुम्लाको अदानचुली स्थित एक विद्यालयमा भएको आगलागी कारण भएको क्षति कारण रोकिएको पठन पाठनलाई सुचारु गर्नका लागि तत्काल भवन बनाईदिन आग्रह गरिएको छ । आईतबार अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी समक्ष घटनाको जानकारी गराउँदै तत्काल भवन निर्माण गरिदिन आग्रह गरेका छन् ।

मन्त्री भण्डारीले पनि तत्काल भवन निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् । गएको कार्तिक १९ गते अदानचुली गाउँपालिकाको वडा नम्बर ३ मा रहेको छत्रपाल आधारभुत विद्यालयमा बुधवार राती ८ बजेबाट माथिल्लो तलाको तल पट्टीको झ्यालबाट आगलागी भएको थियो ।

आगलागी बिद्यालयको २ तले दुई कोठे भवन पुर्ण रुपमा जलेर नष्ट भएको थियो । विद्यालयको मुल गेटमा रहेको भवनमा अफिस कोठा समेत माथिल्लो तलामा रहेको थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक २५ गते, मंगलवार


Scroll to Top

Janata Media