भाइको हत्या आरोपमा दाइ पक्राउ

जनता संवाददाता
२०८१ बैशाख १ गते, शनिबार

अर्घाखाँची । भाइको हत्या गरेको अभियोगमा आफ्नै दाजुलाई प्रहरीले पक्राउ गरेको छ। शितगङ्गा नगरपालिकाको वडा नम्बर १२ रजियामा बस्ने राजन भुसालको हत्या गरेको आरोपमा आफ्नै दाजु जनकराज भुसाललाई प्रहरीले पक्राउ गरेको हो।

विदेश बस्दै आएका जनकराज १ महिना अगाडि मात्र घर आएका थिए। विशेष अनुसन्धान पछि ठाडादहबाट (शुक्रबार) आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख ऋषि राम घर्तीले जानकारी दिए।

थप अनुसन्धानको लागि ७ दिन म्याद थपिएको घर्तीले बताए । ९ वर्ष अगाडि हत्या गरेर भुसाल फरार रहेका थिए।

जनकराजले हत्या आफूले गरेको स्वीकार गरेको प्रहरी प्रमुख घर्तीले जानकारी दिए। थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते, शनिबार


Scroll to Top

Janata Media