कर्णालीको मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्री परियारले लिए सपथ

जनता संवाददाता
२०८१ बैशाख १२ गते, बुधबार

सुर्खेत । कर्णाली प्रदेशको मन्त्री मण्डलमा एक जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियार बिना विभागीय मन्त्री बनेका हुन्।

उनले बुधबार प्रदेश प्रमुख तिलक परियारसमक्ष शपथ लिएका हुन्। मन्त्रीमा नियुक्त भएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक हुन्। गत चैत्र २७ गते नियुक्तभएका मुख्यमन्त्री यामलाल कँडेलले १५ दिनपछि मन्त्रिपरिषद विस्तार गरेका हुन्।

सत्ता साझेदार दलबिच मन्त्रालय भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन्।

मंगलबार एमालेले मुख्यमन्त्रीसहित चार र माओवादीले चार मन्त्रालय लिने सहमति जुटेपछि परियारले शपथ लिएका हुन्। बाकीँ मन्त्रीको शपथ बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि विस्तार हुने जनाइएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते, बुधबार


Scroll to Top

Janata Media