सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

जनता संवाददाता
२०८१ जेष्ठ ९ गते, बुधबार

काठमाडौँ । विश्वकपमा सहभागी हुन अमेरिका जान लागेका क्रिकेटर सन्दीप लामिछानेको भिसा अस्वीकृत भएको छ।

बुधबार सामाजिक सञ्जालबाट सन्दीपले अमेरिका र वेस्ट इन्डिज हुने तय भएको विश्वकपका लागि अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको बताएका हुन्।

सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा भिसा अस्वीकृत भएको भन्दै शुभेच्छुकहरूसँग माफी पनि मागेका छन्।

सन् २०१९ मा पनि सन्दीप लामिछानेको भिसा अस्वीकृत भएको थियो।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते, बुधबार


Scroll to Top

Janata Media