काठमाडौँ । कान्तिपुर पब्लिकेशनको सुरक्षा गार्ड मृत फेला परेका छन् । पब्लिकेशनको कोशी प्रदेशको मोरङमा रहेको कार्यालयमा सुरक्षा गार्ड रहेका सुन्दरहरैचा ९ का ५० वर्षीया बलबहादुर बस्नेत मृत फेला परेका हुन् ।
मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले कान्तिपुरको पब्लिकेशनको बन्द रहेको कार्यालयमा खटिएका सुरक्षाकर्मीले आत्महत्या गरेको जानकारी दिए ।
बस्नेतका अनुसार साथी आएपछि सुरक्षा गार्डको मृत्यु भएको थाहा पाएको र साथीले ढोका नखोलेपछि उनले प्रहरीलाई खबर गरेको र प्रहरी आई पुग्दा सुरक्षा गार्ड मृत अवस्थामा फेला परेका थिए ।







