सिरोहियालाई हाजिरी जमानीमा छाड्ने सरकारी वकिलको निर्णय

जनता संवाददाता
२०८१ जेष्ठ १७ गते, बिहीबार

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय धनुषाले सिरोहियालाई हाजिरी जमानीमा छाड्ने निर्णय गरेको हो ।
नागरिकता दुरुपयोगसम्बन्धी अनुसन्धान कायम नै राख्ने गरी हाललाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको जिल्ला सरकारी वकिल कार्यालय धनुषाले जनाएको छ ।

हाजिरी जमानीमा छाड्ने सरकारी वकिलको निर्णयसँगै सिरोहिया हिरासतमुक्त भएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते, बिहीबार


Scroll to Top

Janata Media