इन्टरनेटबाट यसरी हेर्न सकिन्छ नेपाल र नेदरल्यान्ड्सबीचको खेल

जनता संवाददाता
२०८१ जेष्ठ २२ गते, मंगलवार

काठमाडौं । दस वर्षपछि नेपालले आइसीसी टी-२० विश्वकपमा आज पहिलो खेल खेल्दैछ। नेपालले राति ९ः१५ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो खेल खेल्न लागेको हो। टीभी नहुनेले वा इन्टरनेटबाट कसरी नेपालको खेल हेर्न सकिन्छ भन्ने आम चासो रहेको छ। नेपालको खेल इन्टरनेटको विभिन्न माध्यमबाट हेर्न सकिन्छ। सबैभन्दा परपर्दो माध्यम भनेको आइसीसी टिभी हो।

आयोजक आइसीसीले आफ्नो वेवसाइट र मोबाइल एपबाट विश्वकपको खेल लाइभ स्ट्रिमिङ गर्दै आएको छ। नेपालको खेल पनि आइसीसीको वेवसाइट वा मोबाइल एपबाट हेर्न सकिन्छ।त्यसका लागि आइसीसीको आधिकारिक वेवसाइट https://www.icc-cricket.com लगिन गर्नुपर्ने हुन्छ। वेवसाइटमा गएपछि खष्मभयक क्याटोगरीमा क्लिक गर्नुपर्ने हुन्छ। भिडियोज क्याटोगरीमा लाइभ स्ट्रिम भइरहेका र हुन बाँकी खेल तालिकामा देख्न सकिन्छ। भिडियो क्याटोगरीको दोस्रो नम्बरमा नेपाल र नेदरल्यान्ड्सबीच हुने खेलको तालिका दिइएको छ। पहिलो नम्बरमा भने इंगल्यान्ड र स्कटल्यान्डबीच हुने खेलको तालिका रहेको छ। उक्त खेल ८:१५ सुरु हुनेछ।

नेपाल र नेदरल्यान्ड्सबीच हुने खेलको तालिकामा क्लिक गरेपछि साइनअप गर्नुपर्ने हुन्छ। आइसीसीले जीमेल वा फेसबुकबाट साइनअप गर्ने सुविधा दिएको छ। साइनअप गरेपछि भिडियोसहितको स्ट्रिमिङ हेर्न सकिन्छ। साइनअप नगरेसम्म भिडियो स्ट्रिमिङ भने आउँदैन।

त्यस्तै आइसीसीको आधिकारिक एपबाट पनि नेपालको खेल लाइभ हेर्न सकिन्छ ।  एक करोड बढी इन्स्टल रहेको उक्त नामको एप डाउनलोड गर्नुस्। एप खुलेपछि भिडियोज क्याटोगरीमा जानुपर्ने हुन्छ। त्यहाँ गएपछि वेवसाइटमा देखाएजसरी नै खेलहरूको तालिका देख्न सकिन्छ। नेपाल र नेदरल्यान्ड्सबीच हुने खेलमा क्लिक गरेर माथि भनिएजस्तै जीमेल वा फेसबुकबाट साइनअप गर्नुपर्ने हुन्छ।

यसरी आइसीसीको आधिकारिक वेवसाइटबाट विश्वकपका खेलहरू हेर्न सकिन्छ। टेलिभिजनका लागि भने स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्दै आएको छ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते, मंगलवार


Scroll to Top

Janata Media