मोदीको शपथमा नयाँदिल्ली जाने प्रचण्डको तयारी

जनता संवाददाता
२०८१ जेष्ठ २४ गते, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् ।

मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् ।स्रोतले भन्यो, ‘मोदीले शपथ ग्रहण समारोहमा आउन निम्तो गर्नु भएको छ । तर कहिले जाने भन्ने निश्चित हुन बाँकी छ ।’

लोक सभा निर्वाचन परिणामपछि मोदीले बुधबार राजीनामा दिँदै मन्त्रिपरिषद भंग गरेका थिए । अब नयाँ मन्त्रिपरिषद गठनको तयारीमा उनी छन् । बुधबार बसेको गठबन्धनको बैठकले सर्वसम्मतीले मोदीलाई नेता चुन्दै तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते, बिहीबार


Scroll to Top

Janata Media