काठमाडौं । नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान पारस खड्का विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै उनी सचिवमा निर्वाचित भएका हुन् ।
कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत ल्याए प्रशान्तको ३७ मतमा रोकिए । पारस अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए ।
उनी यसअघि काठमाडौँ जिल्लाको सदस्य हुँदै बाग्मती क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए ।







