भ्रष्टाचार विरोधी अभियन्ता हुँ भन्दै ठगी गर्ने गोकर्णेश्वरका ४ जना पक्राऊ

जनता संवाददाता
२०८१ असार ४ गते, मंगलवार

काठमाडौँ । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता हुँ भन्दै गैह्र कानुनी रुपमा संस्था खोली ठगी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा राजु सुनार,आदर्श क्षेत्री,अस्मिता खत्री र प्रेम प्रसाद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

उनीहरुले गोकर्णेश्वर नगरपालिकाका भित्र बेथिति एवं भ्रष्टाचार विरुद्धको अभियान २०८० नामक संस्था खोली गैर कानुनी रुपमा सूचना माग्ने,धम्की दिने लगायतका अनुचित कार्य गरेको भनी स्थानीयले प्रहरी वृत्त बौद्धमा जाहेरी दिएकाले सोहीको आधारमा खोजतलास गरी पक्राउ गरिएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८१ असार ४ गते, मंगलवार


Scroll to Top

Janata Media