बुढानिलकण्ठ १२ नं वडामा फरक क्षमता भएकालाई सम्मान गरिने

जनता संवाददाता
२०८१ असार ४ गते, मंगलवार

काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा फरक क्षमता भएकाहरुलाई सम्मान गरिने भएको छ । १२ नं वडाको आयोजना र बाल सचेतना केन्द्रको संयोजनमा फरक क्षमता भएकाहरुलाई सम्मान गरिने भएको हो ।

यहि असार ८ गते शनिवार १२ नं वडामा रहेको त्रिज्योति माध्यामिक विद्यालयमा उक्त सम्मान कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा १२ नं वडा भित्रका फरक क्षमता भएका र अपागंता भएका व्यक्तिहरुलाई सम्मानसहित भौतिक सामग्री वितरण गरिने बाल सचेतना केन्द्रका अध्यक्ष बाबुराम फुयालले जानकारी दिए ।

उनले १२ नं वडाभित्र रहेका टोल विकास समिति, बाल क्लव, समाजसेवी र सम्पूर्ण स्थानीयलाई उपस्थित हुन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २०८१ असार ४ गते, मंगलवार


Scroll to Top

Janata Media