बिर बहादुरले ठगी गरेको ४ लाख बढी रकममा पूर्वमन्त्रीका स्वकिय सचिवको कनेक्सन

जनता संवाददाता
२०८० माघ ७ गते, आईतवार

काठमाडौँ । केहि दिनअघि योजना मिलाईदिने भन्दै बिर बहादुर रोकायाले दुई जनाबाट चार लाख भन्दा बढी ठगी गरेको समाचार प्रकाशन भयो । उक्त समाचारमा पिडितले रोकायाको एभरेष्ट बैंकमा रहेको खाता नम्बरमा जम्मा भएको देखिन्थ्यो । जुन विषय एकदमै स्पष्ट पनि छ ।

यो विषयमा रोकायाले आफ्नो खातामा आएको रकम जसरी भएपनि फिर्ता गर्ने बताएका छन् । तर त्यो रकम आफुले मात्र नभएर कर्णाली प्रदेश सरकारका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाका स्वकिय सचिव लालप्रसाद जैसीलाई दिएको दाबी गरेका छन् ।

‘योजनाको नाममा लालप्रसाद जैसीले मबाट ५ लाख अठ्सठ्ठी हजार नगद लिएको छ । उसले बेला बेलामा त्यो भन्दा पनि धेरै रकम म बाट योजना मिलाईदिने आश्वासन दिएर रकम अशुल लगाएको छ । खातामा हाल्दिन्छु भन्दा हुँदैन नगद नै चाहिन्छ भन्थ्यो । त्यहि अनुसार मैँले पनि उसलाई नगद नै दिँए ।’ उनले जनता मिडियासँग भने ।

बिर बहादुरले ८८ हजार रकम भने लाल प्रसाद जैसीको खातामा जम्मा गरेको देखिएको छ । बाँकी रकम नगद नै दिएको उनको दाबी छ ।

यो विषयमा जैसीलाई सम्पर्क गर्दा यो अरु नभएर व्यक्तिगत लेनदेन मात्र भएको दाबी गरे । उनी नेकपा एकिकृत समाजवादी, हुम्लाको जिल्ला कमिटि सदस्य हुन् ।

यो पनि पढ्नुहोस्:

योजना मिलाईदिने भन्दै बिर बहादुर रोकायाले लिए झण्डै ४ लाख कमिशन

पिडित भन्छन्: हाम्रो पैसा फिर्ता गरेर बिर बहादुरलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ

पिडित भन्छन्- हाम्रो पैसा फिर्ता गरेर बिर बहादुरलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ

प्रकाशित मिति : २०८० माघ ७ गते, आईतवार


Scroll to Top

Janata Media