सर्केगाड गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न

जनता संवाददाता
२०८१ असार १० गते, सोमबार

यम्बि थापा, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । गाउँपालिका सभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आर्थिक वर्षका लागि ४७ करोड ६७ लाख २२ हजार रुपैयाँको अनुमानित आय व्यय पारित भएको हो । सर्केगाड गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकायले आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सोमबार सर्केगाड गाउँपालिकाको १४ औं गाउँसभाको आयोजना गरिएको नीतिमा १३ वटा क्षेत्रलाई प्राथमिकता दिएर नीति प्रस्तुत गरिएको छ ।

गाउँपालिका अध्यक्ष रोकायले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा तथा रोजगारी, स्वास्थ्य तथा मानव सामथ्र्य विकास, यातायातको दिगो व्यवस्थापन, अर्गानिक कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि र बजारीकरण लाई जोड दिएको छ । त्यसै गरि पूर्वाधार निर्माण तथा दिगो विकास, जलवायु परिवर्तन न्यूनीकरण, उद्यम, स्वरोजगारी र सहकारीताको विकास, मानव संसोधन तथा संस्थागत सुशासन रहेका छन्।

त्यसै गरि ऐतिहासिक तथा परम्परागत स्थलहरु, सम्पदा, संस्कृति, रहन सहन, खानपान, सीपलाई प्रोत्साहन गर्नेगरी नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, मौलिकता झल्किने गरी सहरी पूर्वाधार तयार पार्ने, सर्केगाड बजार सुन्दरता कायम गर्ने गरी पूर्वाधार बनाउने, स्वास्थ्य, शिक्षा, खानेपानी, सहज यातायात सुविधालगायत नागरिकका मौलिक हकसँग जोडिएका विषयलाई ध्यानमा राखेर वार्षिक नीति तथा कार्यक्रम तयार पारिएका छन् ।

सहज सेवा प्रवाह, प्रविधिमैत्री सेवा प्रवाह, आर्थिक अनुशासन पालना, खर्चमा पारदर्शिता र मितव्ययिता लगायत विषयलाई प्राथमिकता दिएर वार्षिक नीति तथा कार्यक्रम तयार पारिरहेका छन् । त्यसैगरी, अन्य प्राथमिकताका क्षेत्रमा सूचना प्रविधि तथा सञ्चारमा विकास, सामाजिक विकास तथा गरिबी निवारण, संस्कृति तथा पर्यटन प्रवद्र्धन, वन तथा वातावरण संरक्षण एवं सामुदायिक वनको दिगो प्रयोग, प्राकृतिक विपद व्यवस्थापन पूर्वतयारी, पुनःस्थापना, पुनःनिर्माण, राहत तथा उद्धार कार्य, न्यायोचित वितरण, सचेतना कार्यक्रम, आर्थिक रुपले अति विपन्न श्रमिक लाई रोजगारी उपलब्ध गराउन श्रममूलक प्रविधिको प्रयोग गरी कार्यान्वयन गरिने आयोजना छनोट गर्ने, संक्रमण जोखिम रहँदासम्म अशक्त, असहाय एवं आर्थिक रुपले विपन्न गर्भवती महिला, ज्येष्ठ नागरिक एवं अपांगता भएका व्यक्तिलाई राहतका कार्यक्रम सञ्चालन गर्ने गर बजेट विनियोजनको प्राथमिकता दिने उल्लेख गरिएको छ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र सडकमा बिशेष प्रथामिकताम राखि निति तथा कार्यक्रम सार्वजनिक गरिएको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) ले बताए । सङ्घ र प्रदेश सरकारले स्थानीय तहलाई वित्तीय हस्तान्तरण मार्फत पठाउने रकमको टुङ्गो लागेसँगै सर्केगाड गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारी गरिरहेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शान्ति लामाले सर्केगाड गाउँपालिकाले निर्णय गरेका कुराहरू सत प्रतिशत प्रतिफल दिन सफल भएको बताए । बाटाघाटा, प्रशासनिक भवन, स्वास्थ्य शिक्षा, कृषि हरेक क्षेत्रमा हुम्लाका अन्य गाउँपालिका भन्दा अग्रता लिएको बताए । गाउँपालिकामा प्रशासनिक भवन, सभा हल, स्वास्थ्यचौकी, बाटा घाटाहरु, गाउँ गाउँमा नाली सम्पन्न भैसकेको छ र केहि निर्माणाधीन अवस्थामा छन् । विद्यालयको भौतिक पुर्वाधार विकास, शिक्षक अनुदानको व्यबस्था गरिएको छ।

स्थानीय तहले हरेक आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा वार्षिक राजस्व र व्ययमा गत आर्थिक वर्षको यथार्थ विवरण, चालु आर्थिक वर्षको अन्तिमसम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान, आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र आयव्ययको अनुमानित विवरण खुलाउनुपर्ने व्यवस्था रहेको छ ।

विशेष अथिति जिल्ला समनय सदस्य सिङग सिह, उापा अध्यक्ष चन्द्रसिङ कार्की आठओटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य तथा गाउँसभा सदस्यहरु कर्मचारीहरुको सहभागिता रहेको प्रमुख प्रसासकिय अधिकृत शान्ति लामाले बताईन् । संविधानले तोकेकै समयमा सर्केगाडले १४ओै गाउँसभा सम्पन्न भएको बताईन् ।

१ नम्वर वडाका वडा सदस्य उब्जन मल्लले स्वागत मन्तव्यमा राख्दै एक वर्षे कार्यकालको विवरण सहित आउँदो वर्षको नमुना विकासको लागि सभामा सहभागी भएको बताए। समृद्ध पालिका बनाउन सबैको सहयोगको अपेक्षा रहेको बताएका छन् । त्यसैगरी कार्यपालिका महिला सदस्य सुपारी शाही र कार्यपालिका दलित सदस्य ग्यानसिंह विकले आफ्नो स्वागत मन्तव्यमा राखे ।

लिजाको अध्ययनअनुसार सर्केगाड गाउँपालिकाले हरेक विकासका सुचकहरु पार गर्दै आर्थिक बर्ष २०८०/०८१ मा जिल्लाकै उत्कृष्ट गाउँपालिका घोषित भएको हो। सर्केगाड गाउँपालिका विगतको तुलनामा धेरै सिस्टमा गऐको जन विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८१ असार १० गते, सोमबार