हुम्ला । डेङ्गु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने कार्यक्रम सम्पन्न भएको छ। हुम्लाको अदानचुली गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाको आयोजनामा डेङ्गु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने कार्यक्रम सम्पन्न भएको हो ।
स्वास्थ्य शाखा प्रमुख विनोद बुढाको सभापतित्वमा, गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यतामा र नि.प्रमुख प्रशासकिय अधिकृत हंस महताराको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा वडा नं २ का वडाध्यक्ष नन्द महतारा, वडा नं ३ का वडाध्यक्ष डिल बहादुर फडेरा लगायत विभिन्न पार्टीका प्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख र विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि कर्ण रोकाया, विशेष अतिथि हंस महतारा, वडाका वडाध्यक्षहरु, अन्य वक्ता र अन्त्यमा कार्यक्रममा सभापति विनोद बुढाले आफ्ना भनाइ राखेका थिए ।
कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको अगुवाईमा भएको थियो । उक्त कार्यक्रम अन्य पालिकाहरुमा पनि गरिएको जनाईएको छ ।