गृहमन्त्रालयको सभाहलमा आपतकालीन द्वार राख्न गृहमन्त्री लामिछानेको निर्देशन

जनता संवाददाता
२०७९ पुष १८ गते, सोमबार

 

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार ९इमर्जेन्सी इक्जिट० तत्काल निर्माण गर्न निर्देशन दिएका छन् ।

सोमबार गृह मन्त्रालयमा बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले भूकम्पीय जोखिम न्यूनिकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै सभाकक्षमा आपतकालीन द्वार राख्न निर्देशन दिएका हुन् ।

हामी जम्मा भएको हलमा नै इमर्जेन्सी एक्जिट छैन । अहिले भर्खरै भुइँचालो गयो भने हामी यहीँ जोखिममा पर्न सक्छौं । त्यसकारण आजैबाट यहाँ कम्तीमा एउटा इमर्जेन्सी इक्जिटको ढोका अध्ययन गराएर व्यवस्था गर्न म निर्देशन दिन चाहन्छु’ उनले भने ।
भवन निर्माणसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन सके भूकम्पीय जोखिम न्यूनीकरणका लागि धेरै ठूलो योगदान पु¥याउन सकिने उनको भनाइ छ ।

उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनिकरणको कामलाई प्रभावकारी बनाउन सूचना र प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने पनि बताए ।

प्रकाशित मिति : २०७९ पुष १८ गते, सोमबार


Scroll to Top

Janata Media