ज्यान मुद्दाको फरार कैदी २१ वर्षपछि पक्राउ

जनता संवाददाता
२०८२ आश्विन १२ गते, आईतवार

काठमाडौं । कैलालीमा कर्तब्य ज्यान मुद्दाका फरार कैदी २१ बर्षपछि पक्राउ परेका छन् । कैलालीको साविकको रामशिखरझाला –७ हाल घोडाघोडी नगरपालिका –४ का छत्रबहादुर रावललाई फरार भएको लामोसमयपछि प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी रमेशदत्त अवस्थीले कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालतबाट जन्मकैद र उच्च अदालतबाट १० बर्ष कैद सजाय पाई कारागार कार्यालय कैलालीमा कैद भुक्तान गरिरहेको अवस्थामा २०६१ सालमा रावल फरार भएको जानकारी दिए ।

उनले तत्कालीन नेकपा (माओवादी) ले कारागारमा आक्रमण गर्दा फरार भएका रावललाई २०६६ सालमा सर्वोच अदालतले १० बर्ष कैद सजाए गरेको थियो ।

फरार रावललाई भदौ ११ गते माघी गाउँबाट पक्राउ गरिएको बताए । उनले आईतबार निज रावललाई जिल्ला कारागार कार्यालय कैलाली पठाएको जानकारी दिए ।

प्रकाशित मिति : २०८२ आश्विन १२ गते, आईतवार


Scroll to Top

Janata Media