नेकपा एसको अध्यक्षमा नेता नेपाल सर्वसम्मत

जनता संवाददाता
२०८१ असार २० गते, बिहीबार

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उनलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो ।

पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । महाधिवेशनले झलनाथ खनाललाई सम्मानित नेतामा चयन गरेको छ । उक्त पार्टीको प्रचार विभागका अनुसार ती तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८१ असार २० गते, बिहीबार


Scroll to Top

Janata Media