नेपालको लगातार हार

जनता संवाददाता
२०८१ असार २७ गते, बिहीबार

काठमाडौँ, । नेपाली महिला क्रिकेट टोली बुधबार घरेलु टिम श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग दोस्रो अभ्यास खेलमा चार विकेटले पराजित भएको छ । नेपालको यो लगातार पराजय हो ।

नेपाल पहिलो खेलमा ३३ रनले हारेको थियो । श्रीलङ्कामा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १०६ रन बनाएको थियो । सो पालिमा कविता कुँवरले ३४ बलमा सर्वाधिक २९ रन बनाईन् । कप्तान इन्दु वर्माले पनि अविजित २८ रनको उपयोगी पालि खेलीन् ।

श्रीलङ्काकी देउमी भिहन्गाले २० रनमा तीन र एस. सन्दिपनीले १३ रनमा दुई विकेट लिएर नेपाललाई सामान्य स्कोरमा रोकिन् । घरेलु टिमले एक बल बाँकी छँदा छ विकेटको क्षतिमा १०७ रन बनाएर लक्ष्य हासिल गर्यो । श्रीलङ्काका लागि एन. सिनार्थनेले सर्वाधिक २७ रन बनाईन् । नेपाली महिला टिम अहिले एसिया कप क्रिकेटको तयारीको क्रममा श्रीलङ्कमा रहेको छ । श्रीलङ्कामा नै एसिया कप हुँदै छ ।

प्रकाशित मिति : २०८१ असार २७ गते, बिहीबार


Scroll to Top

Janata Media