पाइलट शाक्यको शल्यक्रिया सुरु, ७२ घण्टा निगरानीमा राखिने

जनता संवाददाता
२०८१ श्रावण ९ गते, बुधबार

काठमाडौँ । सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीष शाक्यको शल्यक्रिया सुरु भएको छ।

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा मेरुदण्डको अपरेसनका लागि शल्यक्रिया कक्षमा लगिएको अस्पतालका निर्देशन डा।सुमन श्रेष्ठले जानकारी दिए।

उनले भने, “उहाँको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ। आँखा माथि चोट लागेको छ । अहिले उहाँलाई शल्यक्रिया कक्षमा घाउँमा टाँका लगाउँर्दै छौँ।आज आँखा र शरीरका विभिन्न ठाउँको शल्यक्रिया सुरु भएको हो ।” ७२ घण्टा न्युरो वार्डमा निगरानीमा राखेर हेर्ने उनले जानकारी दिए। क्याप्टेन शाक्यको ढाँडको शल्यक्रिया भने केही दिनपछि मात्र गर्ने योजना रहेको उनले बताए।

बुधबार काठमाडौँबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। पाइलट शाक्यको भने घाइते अवस्थामा उद्दार गरिएको थियो।

प्रकाशित मिति : २०८१ श्रावण ९ गते, बुधबार


Scroll to Top

Janata Media