काठमाडौँ । दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने भएकी छन् । शनिबार भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आउनुभएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने भएकी हुन् ।
उनले आइतबारदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिइरहेकी छन् । देवी प्रतिभाले १३ र १४ गते बिहानीसत्रमा रामकथा प्रवचन गर्ने छन् ।







