आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैङ्कसँग आग्रह

जनता संवाददाता
२०८१ श्रावण १७ गते, बिहीबार

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैङ्कसँग आग्रह गरेका छन् ।

श्रम मन्त्रालयमा आज विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिस्लेनले गरेको भेटमा उनले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराए ।

भेटमा श्रममन्त्री भण्डारीले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण, विकास साझेदारलगायतसँगको सहकार्य तथा प्राविधिक सहयोगमा ‘जब हब’का रूपमा विकास गरिने बताए ।

निर्देशक सिस्लेनले आन्तरिक रोजगारी सिर्जनामा ‘देशीय साझेदारी कार्यक्रम’मार्फत सहयोग गर्न विश्व बैङ्क सदैव तयार रहेको बताए । सो क्रममा उहनिहरूबिच आन्तरिक रोजगारी वृद्धि र रोजगार सेवा केन्द्रको दिगोपना तथा सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए । रासस

प्रकाशित मिति : २०८१ श्रावण १७ गते, बिहीबार


Scroll to Top

Janata Media