अस्ट्रेलियाको होटेलमा हेलिकप्टर ठोक्किँदा पाइलटको मृत्यु

जनता संवाददाता
२०८१ श्रावण २८ गते, सोमबार

क्वीन्सल्याण्ड ।  क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ ।

सोमबार हिल्टन होटलको डबलट्रीमा विमानले ठोक्किएको थियो । त्यसपछि भएको आगलागीका कारण सयौँ पाहुनाहरूलाई बाहिर निकालिएको थियो। होटलका दुई पाहुनाहरूलाई स्थिर अवस्थामा अस्पताल लगिएको थियो ।

क्वीन्सल्याण्ड प्रहरीले हेलिकप्टरमा सवार एक जनाको मात्र घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ । हेलिकप्टर चार्टर गर्ने कम्पनीले स्थानीय सञ्चारमाध्यमलाई पाइलट ‘अनधिकृत’ उडानमा रहेको बताएको छ।

केर्न्सको मुख्य एस्प्लेनेडमा रहेको होटेलमा बसेकी अमान्डा केले वर्षाको मौसममा हेलिकप्टर बत्तीबिना कम उचाइमा उडिरहेको देखेकी थिइन्।बीबीसी

प्रकाशित मिति : २०८१ श्रावण २८ गते, सोमबार


Scroll to Top

Janata Media