कविता – मेरो नेपाल

जनता संवाददाता
२०८१ श्रावण ३१ गते, बिहीबार

मेरो नेपाल

ताप्लेजुङ र पाँचथर,
धेरै राम्रा ठाउँ,
संखुवासभा र इलाम हेर्दा
मन लाग्ने जाउँ जाउँ।

तेह्रथुम र धनकुटा,
के भनौँ वर्णन गर्न,
भोजपुर र खोटाङको
सकिदैन सुन्दरता हर्न।

सोलुखुम्बु र ओखलढुंगा
सुन्दरताको अर्को नाम,
उदयपुर र मोरङ,
हिड घुम्न जाम।

सुनसरी र सप्तरी
धेरै धेरै राम्रो ,
सिराहा र धनुषा,
मुटुको टुक्रा हाम्रो।

महोत्तरी र रौतहट,
चर्चा बारा र पर्साको,
सर्लाही र दोलखामा
पानी र वर्षाको।

तनहुँ र परासी बिना हुँदैन
यो कविता त पुरा,
दुइटा जिल्ला दुई प्रदेशमा
तर एक अर्का बिना अधुरा।

रामेछाप र सिन्धुली,
सिन्धुपाल्चोक र काभ्रे,
रसुवा र नुवाकोट,
भन्छन् सबैले बाफरे।

धादिङ र चितवन,
बागमती प्रदेशको शान,
भक्तपुरको जुःजुः धौ को
जताततै छ गुनगान।

इतिहासको रमाइलो कथा,
गोरखा र लमजुङ बीच,
ललितपुर र काठमाडौँ
आधा बाटो पिच।

कास्कीको हाम्रो पोखरा,
त्यो ठाउँ स्वर्ग जस्तो,
झापाली र स्याङ्गजालीको गफ,
नसम्झ है सस्तो।

मकवानपुरको आफ्नोपन,
मनाङ मुस्ताङ हेर्न,
पर्वत र म्याग्दीको सुन्दरता,
सकिन्छ र चित्रमा केर्न

बाग्लुङ र नवलपुर,
आधा हैन छ है पुरा,
रुपन्देही र प्युठानको
प्यारो छ हजार कुरा।

अर्घाखााँचीमा बस्ने गर्दछ,
यो मुटु पुरा मेरो,
त्यहीं मात्र हैन,
पाल्पा र रुकुमको सेरोफेरो।

गुल्मी र रोल्पामा,
बस्छ दिलको धड्कन,
बाँके र बर्दिया,
मुटुभित्र छन्।

कपिलवस्तुको लुम्बिनी,
गौतम बुद्धको घर
दाङ र सल्यान,
मनबाट छैनन् पर।

डोल्पा र दैलेख,
मुगुको रारा ताल,
मान्छे को मुटु फसाउने
जाजरकोटको अदृश्य जाल।

कालिकोटलाई के भनुँ
भनौँ के हुम्लालाई
सुर्खेतको वर्णन गर्छु,
तर भुल्दिन जुम्लालाई।

प्रकृतिले सजाएको
अछाम र डोटी,
बैतडी र बझाङलाई
माया छ कोटी कोटी।

बाजुरा र दार्चुला
डडेल्धुराको आफ्नोपन,
कञ्चनपुर र कैलालीको
के कुरा गरौँ झन् ?

कोशी भन, मधेश भन,
भन प्रदेशको सात नाम,
नेपाल हाम्रो साझा घर,
देशको माया गने काम।

बागमती, लुम्बिनी
गण्डकी र कर्णाली,
सुदुरपश्चिमको माया साँचो,
कसैको छैन जाली।

विभाजन प्रदेश र शक्तिको भयो
मनको माया यो माटोको,
हात समातेर संगै हिडौँ
नेपालको उन्नतिको बाटोको।

– सुदृष्टी चापागाईँ

प्रकाशित मिति : २०८१ श्रावण ३१ गते, बिहीबार


Scroll to Top

Janata Media