तनहुँ बस दुर्घटनाका १२ घाइतेलाई काठमाडौं ल्याइयो

जनता संवाददाता
२०८१ भाद्र ७ गते, शुक्रबार

काठमाडौं । तनहुँ बस दुर्घटनाका गम्भीर घाइते १२ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । गम्भीर घाइतेमध्ये १२ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको हो । चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको हो ।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको भने थप सात जनाको अचेत अवस्थामा उद्धार भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक ९डिएसपी० दीपककुमार रायले जानकारी दिए ।

यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घटनास्थलमा परिचालन भएको छ । अप्ठ्यारो भीर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते, शुक्रबार


Scroll to Top

Janata Media