काठमाडौँ । राष्ट्रिय सभाका सदस्य सांसद नरपति लुवारले पिडित सुरेश बुमिलाई नगद रु दुई लाख रुपैँया फिर्ता गरेका छन् । गत केहि दिन अगाडी पिडित सुरेश बुमिले योजना मिलाईदिन्छु भन्दै आफ्नो तिन लाख रुपैँया सांसद लुवारले कमिसन लिएको र योजना नमिलाईसकेपछि पैसा फिर्ता गर्न नमान्ने र उल्टै सम्पर्कविहिन भएको भनेर जनता मिडियामा गुनासोे पोखिसकेपछि जनता मिडियाले विशेष रिर्पोटिङ्ग गरेको थियो ।
समाचार प्रकाशन भएको ६ दिनपछि सांसद लुवारले पिडित सुरेश बुमिलाई नगद रु २,००,००० (दुई लाख) फिर्ता गरेका हुन् । सांसद लुवारले आफू बिरामी भएर आफू नजिकको हस्त दमाईसँग पैसा मागेको र हस्त दमाई मार्फत उक्त पैसा जम्मा भएको र आफूले योजना मिलाईदिने कुनै पनि प्रकारको प्रलोभन नपारेको दाबी गरेका छन् ।
पिडित सुरेश बुमिले आफ्नो पैसा फिर्ता गर्न सहयोग गरेकोमा खुसि व्यक्त गर्दै जनता मिडियालाई धन्यवाद दिए ।
यो पनि पढ्नुहोस्:
योजना मिलाईदिन्छु भन्दै राष्ट्रिय सभा सदस्यले लिए तिन लाख कमिसन
राष्ट्रिय सभाका सांसद नरपति लुवारले योजना मिलाईदिन्छु भन्दै गरेको कमिसनको खेल!
राष्ट्रिय सभा सांसद नरपति लुवारले योजना मिलाईदिन्छु भन्दै गरेको कमिसनको पर्दाफास







