काठमाडौँ । हुम्ला युवा समुहले शनिवार प्रारम्भिक चरणले भेटघाट गर्ने भएको छ । युवा समुहले शनिवार देशमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई मध्यनजर गर्दै शनिवार प्रारम्भिक चरणले भेटघाट गर्ने भएको हो ।
देशमा घटेका घटनाहरुलाई मध्यनजर गर्दै युवा समुहले हुम्ली युवाहरुलाई एकिकृत गरी साझा एजेण्डामा एकमुष्ट ढंगले लाग्नका विशेष छलफल तथा विचार विमर्श हने जनाइएको छ । कार्यक्रममा काठमाडौँमा उपलब्ध हुम्लाका युवाहरु सहभागी हुन सक्नेछन् । यो सँगै उक्त कार्यक्रममै युवा समुहको हुम्ला काठमाडौँ सम्पर्क कमिटी पनि चयन गरिने छ ।
शनिवार बौद्ध सिमलटारमा रहेको नाम्ख्युङ हुम्ला समाजको कार्यालयमा उपस्थितिका लागि आह्वान गरिएको छ । कार्यक्रम असोज ४ गते बिहान ठिक ११ बजेदेखि सुरु हुने जनाइएको छ ।
Location:- https://maps.app.goo.gl/oaP4KpeuCZxeAhEu6







