काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को निर्वाचनको पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको छ । मङ्ललबार राती आएको मत परिणाम अनुसार महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । उनी १८९ मत ल्याएर विजयी भईन् । उनले राजकुमारी झाक्रीलाई पराजित गरेकी हुन्। झाक्रीले ११२ मत ल्याईन् ।
त्यस्तै, मधेश समुदायको उपाध्यक्षमा धर्मनाथप्रसाद साह विजयी भए । उनले १६४ मत ल्याए । रामचन्द्र झाले १४४ मत ल्याए ।
उपाध्यक्षमा ११ जनाको प्रतिस्पर्धा भएकोमा डा.गगांलाल तुलाधर १८९, जगन्नाथ खतिवडा १५१, भानुभक्त जोशी १५६ र प्रकाश ज्वालाले १३९ मत ल्याएर विजयी भए ।
उपमहासचिवममा मेटमणि चौधरीले १५८ मत ल्याएर विजयी भए । त्यस्तै रामकुमार खड्का १०७, गरिमा साहले १०५ ल्याएर विजयी भए । राजेन्द्र राईले १०६ मत ल्याए ।
दलित समुदायको सचिवमा गणेशबहादुर विश्वकर्माले १८० मत ल्याएर विजयी भए । निरादेवी जैरुले १०५ र कृष्णबहादुर नेपालीले २७ मत ल्याए । आदिवासी जनजाती सचिवमा वलदेव चौधरीले १७५ मत ल्याएर विजयी हुँदा राजन राइले २६ र टोकबहादुर तामाङ वाइवाले ९१ मात्रै ल्याए ।
खुल्ला सचिवमा शेरबहादुर कुँवर १५३, सोमप्रसाद पाण्डे १४१, श्रीनाथ वराल १०७, सावित्रीकुमारी भुसालले १०६ र चन्द्रबहादुर साहीले ९१ मत पाएर विजयी भए । सचिव पदमा २६ जनाको उम्मेदवारी परेको थियो । पोलिटव्यूरो सदस्यका लागि भएको निर्वाचनको मतगणना बुधबार दिउँसो हुने जनाइएको छ ।