करेन्ट लागेर वृद्धाको मृत्यु

जनता संवाददाता
२०८१ भाद्र १२ गते, बुधबार

काठमाडौं । कैलालीमा करेन्ट लागेर घाइते वृद्धाको उपचारको क्रममा ज्यान गएको छ ।

धनगढी उपमहानगरपालिका–२ की ६२ वर्षीया भागा भट्टको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरमा पानी तान्ने मोटरबाट आज वृद्धालाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएकी वृद्धाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८१ भाद्र १२ गते, बुधबार


Scroll to Top

Janata Media