नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

जनता संवाददाता
२०८१ भाद्र १४ गते, शुक्रबार

काठमाडौं । धनुषाको छिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । सिराहाको सिराहा नगरपालिका–३, मखनाहाका ४० वर्षीय राकेश बर्माको हत्या भएको प्रहरीले जनाएको छ ।

शुक्रबार डिपोमा बर्माको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताए । घटनामा संलग्न रहेको आरोपमा प्रकाश यादवलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

बर्मा र यादवबिच भनाभनले बढ्दै जाँदा घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताउँदै प्रवक्ता अवाले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : २०८१ भाद्र १४ गते, शुक्रबार


Scroll to Top

Janata Media