सुनको मूल्य तोलामा छ सयले घट्यो

जनता संवाददाता
२०८१ भाद्र १६ गते, आईतवार

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. २५ ले घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु. एक हजार सात सय ९५ निर्धारण भएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १६ गते, आईतवार


Scroll to Top

Janata Media