कर्णाली राजमार्ग पुनः सञ्चालनमा

जनता संवाददाता
२०८१ भाद्र २३ गते, आईतवार

सुर्खेत । शनिबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालीकोटको शुभकालिका–१ को गगनेखोला र एसमोडमा आएको पहिरो हटाइएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सडकमा आएको पहिरो हटाउने कार्य सम्पन्न भएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।

पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाएर मात्र यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ । साथै रातिको समयमा यात्रा नगर्नसमेत कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते, आईतवार


Scroll to Top

Janata Media