404 Not Found


nginx
रवि लामिछानेले क्लिन चिट पाउनुभएको छः स्वर्णिम वाग्ले - Janata Media

रवि लामिछानेले क्लिन चिट पाउनुभएको छः स्वर्णिम वाग्ले

जनता संवाददाता
२०८१ भाद्र ३१ गते, सोमबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारी ठगीको आरोपमा क्लिन चिट पाएको बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपसभापति वाग्लेले सहकारी ठगीको आरोपमा लामिछानेले क्लिन चिट पाएको बताएका हुन्।

उनले भने, ‘सहकारीको रकम व्यक्तिगत खातामा, कम्पनीमा ल्याउन रवि लामिछानेको भूमिका छन् भनेर ठग जस्तो अप्रिय आरोप लगाएर राजनीतिक क्षेप्यास्त्र नै छेडेर रास्वपालाई क्षति गर्न सकिन्छ कि भन्ने मक्सदले संसदीय समितिको माग गरिएको थियो पहिला। त्यो पूर्ण रूपमा खारेज भएको छ। रकम आइसकेपछि गोर्खा मिडियामा एउटा अधिकारीको हिसाबले जिम्मेवारी कति बहन गर्ने, दायित्व कति हुन्छ भन्ने कुराको कानुनी निक्र्यौल गर्दै सामान्य अनुसन्धान लगायतका काम, कारबाही गर्नको लागि नेपाल सरकारलाई सिफारिस गरेको छ। रवि लामिछानेजीले आज क्लिन चिट पाउनुभएको छ। जुन मूल आरोपबाट।’

उनले अहिले सहकारीको वास्तविक ठगहरूको प्रकरण भने उजागर भएको बताए।

उनले भने, ‘अरू ठगहरू, वास्तविक ठगहरू, ठूला पार्टीमा ठूलै पद ओगटेर बसेका वास्तविक ठगहरू पनि यो बाट उजागर भएको छ। सुरूमा राजनीतिक क्षेप्यास्त्रको रूपमा यसलाई दुरूपयोग गर्न खोजिए पनि अन्तत्वोगत्वा संसदीय समितिले देशको भलो हुने काम नै गरेको छ।’
उनले लामिछानेलाई आरोप लगाएर रास्वपालाई क्षति गर्ने मनशायसाथ संसदीय छानबिन समितिको माग गरिएको भन्दै सो आरोप खारेज भएको बताए।

उनले छानबिन समितिले देशलाई भलो काम नै गरेको बताए। उपसभापति वाग्लेले वास्तविक सहकारी पीडितहरूको मुद्दा आफूहरूले निरन्तर अगाडि लैजाने बताए। —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते, सोमबार