संविधानको विरोध गर्ने एक पक्राउ

जनता संवाददाता
२०८१ आश्विन ३ गते, बिहीबार

काठमाडौं । नवलपुरको कावासोतीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी पक्षधरहरुले कावासोतीको फलफूल चोकमा जम्मा भएर संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने तयारी गरिरहेकै बेला प्रहरीले पक्राउ गरेको हो ।

कार्यक्रम सुरु हुनुपूर्व निधारमा कालोपट्टी बाँधेर बसेको कावासोती –२ निवासी इन्द्र सिग्देललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । सिग्देललाई आज साँझतिर छाडिने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।

प्रकाशित मिति : २०८१ आश्विन ३ गते, बिहीबार


Scroll to Top

Janata Media