नवौं राष्ट्रिय खेलकुद : महिला १०० मिटर दौडमा निशाको नयाँ कीर्तिमान

जनता संवाददाता
२०७९ आश्विन २९ गते, शनिबार

काठमाडौँ । पोखरा रंगशालामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत शनिबार जारी एथलेटिक्समा महिला १०० मिटरमा दाङकी निशा चौधरीले हिटचरणमा नै राष्ट्रिय कीर्तिमान बनाएकी छन्।

पोखरा रंगशालामा शनिबार बिहान भएको खेलमा चौधरीले १०० मिटरको हिटमा १२.१५ को समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। उनले यसअघि सय मिटरमा देवीमाया पनेरु १२.१९ को समय निकाल्दै बनाएको राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन्। एथलेटिक्सको फाइनल चरण केही बेरमा हुने छ।

 

प्रकाशित मिति : २०७९ आश्विन २९ गते, शनिबार