साइबर अपराध मुद्दामा दुर्गा प्रसाईं पक्राउ

जनता संवाददाता
२०८१ आश्विन ६ गते, आईतवार

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आइतबार उनलाई प्रहरीले पक्राउ गरिएको साइबर ब्यूरोका प्रहरी उपरीक्षक दिपक राज अवस्थीले जानकारी दिए।

साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई उनको निवासबाट पक्राउ गरिएको हो।

प्रसाईंविरुद्ध एक महिलाले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

प्रकाशित मिति : २०८१ आश्विन ६ गते, आईतवार


Scroll to Top

Janata Media